देउवा साउन २८ गते नेपाल फर्किँदै, आगमन समय पनि तय

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने मिति केही दिन पछाडि सरेको छ।

कांग्रेस नेताहरूका अनुसार देउवा आगामी बिहीबार अर्थात् साउन २८ गते नेपाल फर्किने भएका छन्। उनी मध्यान्ह १२ः३० बजे थाई एयरमार्फत काठमाडौं अवतरण गर्ने कार्यक्रम तय भएको बताइएको छ।

कांग्रेस नेता डा. प्रकाशशरण महतले देउवाको नेपाल फर्किने समय परिवर्तन भएको जानकारी दिएका छन्। संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले पनि देउवा साउन २८ गते १२ः३० बजे काठमाडौं आइपुग्ने पुष्टि गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *