राष्ट्रियसभा बैठकमा आज मन्त्रीहरूको जवाफ र विधेयक प्रस्तुत हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २१

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यक्रम छ।

त्यस्तै, राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउनेछिन्। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभामा प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *