|
२०८३ श्रावण १९
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै वामपन्थी शक्तिहरूबीच साझा एजेन्डामा सहकार्य आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा आयोजित २४औँ बोत्ले स्मृति दिवस कार्यक्रममा उनले कार्यगत सहकार्यलाई पार्टी एकतासँग जोडेर भ्रम फैलाउनु उचित नभएको बताए। उनका अनुसार साझा मुद्दामा मिलेर काम गर्नु र पार्टी एकता गर्नु फरक विषय हुन्।
प्रचण्डले दीर्घकालीन पार्टी एकताका लागि विचार, सिद्धान्त, संगठन र राजनीतिक कार्यदिशामा स्पष्ट सहमति आवश्यक पर्ने धारणा पनि व्यक्त गरे।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्