|
२०८३ श्रावण १७
काठमाडौं — निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान गरिएको छ।
सम्बन्धित क्षेत्रका बासिन्दालाई नदी तथा खोलानजिक अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त स्थानबाट सावधानी अपनाउन तथा मौसम र बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन महाशाखाले अनुरोध गरेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्