|
२०८३ श्रावण १४
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेजसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन्।
त्यसैगरी, सभामुख डोलप्रसाद अर्यालले पूर्वसांसद तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैबीच, विधायन व्यवस्थापन समितिको बैठकमा संघीय व्यवस्थामा विधायिकी अन्तरसम्बन्ध, यसको अभ्यास, आवश्यकता र चुनौतीबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्