|
२०८३ जेष्ठ १५
काठमाडौं — अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट अन्तिम रूप दिन बिहीबार रातभर अर्थ मन्त्रालयमै बसेर तयारी गरेका छन्। मन्त्रालय स्रोतका अनुसार उनी शुक्रबार बिहान करिब ३ बजेपछि मात्रै मन्त्रालयबाट बाहिरिएका थिए।
बजेट निर्माणका क्रममा करका दर, कर्मचारी तलबलगायत मुख्य विषयमा रातिसम्म छलफल भएको बताइएको छ। अर्थसचिव घनश्याम उपाध्याय तथा मन्त्रालयका कर्मचारीहरू पनि निरन्तर तयारीमा जुटेका छन्।
आज दिउँसो ४ बजे अर्थमन्त्री वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा सरकारको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसअघि बजेटका मुख्य बुँदा मन्त्रिपरिषद् बैठकमा पेश गरिनेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्