चितवनमा एसी ग्यास सिलिन्डर विस्फोट, एकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ९

चितवन । भरतपुर महानगरपालिका–१६ स्थित रोयल फर्मासिटीकल्स उद्योगमा एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार भएको दुर्घटनामा घाइते भरतपुर–१२ निवासी ३० वर्षीय प्रमोद कोइरालाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। पर्साका २८ वर्षीय इम्तियाज देवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुवै जना उद्योगमा एसीमा ग्यास भर्ने कामका लागि पुगेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *