धरानमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, एघार जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाण्डौँ । धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् ।

भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको टाटा योद्धा पिकअप गाडी धरान–१३ स्थित गोर्खा वेल्फेयर मोडछेउ शनिवार राति पल्टिँदा ११ जना घाइते भएका छन् भने विराटनगर महानगरपालिका–६ बस्ने २१ वर्षीय रोहन कामतको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन कुँवरले बताए ।

घाइतेहरुको बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको उहाँले जानकारी दिए । घाइते हुनेहरुमा इटहरी–५ का ४० वर्षीय सञ्जय पाल, दुहबी–९ का १९ वर्षीय एमडी एकबाल राईन, विराटनगर–७ का २६ वर्षीय रोशन कामत, इटहरी–१ का २० वर्षीय दुर्गामणि चौधरी, इटहरी–४ को १८ वर्षीय शुभम् रौनियार, इटहरी–२ का १८ वर्षीय प्रदीपकुमार दास, विराटनगर–९ का २२ वर्षीय विशाल माझी, दुहबी–६ का २१ वर्षीय आयुष चौधरी, विराटनगर–९ का २२ वर्षीय वेदा मिश्र, विराटनगर–२ का २६ वर्षीय अनु कामत र गाडी चालक उदयपुर ताप्ली गा.पा २ का २८ वर्षीय जीवनकुमार श्रेष्ठ छन ।

घट्ना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *