|
२०८२ फाल्गुन १९
काठमाण्डौँ । म्याजिकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका-६ इन्द्रपुरी चोकनजिकै गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना १ ज ८५२५ नम्बरको म्याजिकको ठक्करबाट पैदलयात्री भरतपुर महानगरपालिका-१७ बस्ने ४२ वर्षीय प्रकाश सुनारको गए राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि फराक म्याजिक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्