पार्टी बलियो बनाउन एकजुट हुन आङ्देम्बेको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ६

चितवन — नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीलाई बलियो बनाउन नेताहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।

भरतपुरमा आयोजित बीपी स्मृति दिवस कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसभित्रको एकता राष्ट्रिय हितका लागि आवश्यक रहेको उल्लेख गरे। पार्टी विभाजनतर्फ होइन, सहकार्य र संगठन सुदृढीकरणतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित कांग्रेसका विभिन्न नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। साथै, स्मृति दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम पनि सम्पन्न गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *