|
२०८३ श्रावण ६
काठमाडौं — नेपाली कांग्रेसले विपन्न र प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले ‘मानव सहायता कल्याण कोष’ स्थापना गर्ने घोषणा गरेको छ।
पार्टीका संस्थापक नेता वीपी कोइरालाको स्मृति दिवसका अवसरमा घोषणा गरिएको कोषमा सुरुवातका लागि सदस्यता शुल्कबाट १० लाख रुपैयाँ जम्मा गरिएको सभापति गगन थापाले जानकारी दिए।
कोषमार्फत घरबारविहीन, विस्थापित परिवार, एकल महिला तथा शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग गरिने जनाइएको छ। आवश्यकतामा परेका समुदायसम्म सहायता पुर्याउन स्वयंसेवक परिचालन गरिने कांग्रेसले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्