कांग्रेसले विशेष महाधिवेशनपछि राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २८

काठमाण्डौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीका महामन्त्री गगनकुमार थापाले बन्दसत्रमा प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा राष्ट्रिय पुनर्जागरण अभियान चलाउने उल्लेख छ ।
‘नेपाली कांग्रेसको यो विशेष महाधिवेशनले राष्ट्रिय पुनर्जागरण अभियान सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको छ ।

यसको मुख्य उद्देश्य निराशा, घृणा, प्रतिशोधको राजनीतिलाई परास्त गर्दै जनताको हृदयमा आशा, विश्वास र सुरक्षको दियो जगाउनु राजनीतिलाई जनमुखी, समाजकेन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई जनमुखी र समाजकेन्द्रित बनाउन, आम नागरिकमा गुम्दै गएको आत्मविश्वास र राष्ट्रिय स्वाभिमानलाई पुनर्स्थापित गर्नु तथा लोकतान्त्रिक संस्कारको प्रवर्द्धन गर्नु हो,’ प्रतिवेदनमा भनिएको छ ।

अभियानले व्यक्तिगत स्वार्थ र गुटबन्दीको अन्त्य गर्दै विभिन्न पुस्ता, क्षेत्र र समाुदायबीच आपसी संवाद र सहकार्य सुदृढ गर्ने र राष्ट्रिय आत्मविश्वास एवं सामाजिक एकता तथा सद्भावलाई अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *