|
२०८३ श्रावण ६
काठमाडौं — बागमती प्रदेश सरकारमा नेकपा (एमाले) को सहभागिता अन्त्य भएको छ। पार्टीका तर्फबाट सरकारमा रहेका ६ जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरूको सामूहिक राजीनामा पेश गरेका हुन्।
राजीनामा दिनेमा कृषि तथा पशुपन्छी, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग–पर्यटन तथा वन–वातावरणसँग सम्बन्धित जिम्मेवारी सम्हालिरहेका एमालेका मन्त्रीहरू रहेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्