|
२०८३ श्रावण ३
काठमाडौं । मनसुनजन्य विपद्को जोखिम बढेपछि सरकारले प्रभावित क्षेत्रमा जोखिम मूल्याङ्कन गरेर मात्रै सवारीसाधन सञ्चालन गर्न दिने भएको छ।
जल तथा मौसम विज्ञान विभागले २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जनाएको छ। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरो प्रभावित सडकमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको हो।
प्राधिकरणका अनुसार जोखिमयुक्त सडकखण्डमा तत्काल सवारी सञ्चालन रोक्न सकिनेछ भने मौसम र सडकको अवस्था सुरक्षित देखिएपछि मात्रै आवागमन खुला गरिनेछ।
सर्वसाधारणलाई आधिकारिक सूचना हेरेर मात्र यात्रा गर्न तथा पहिरो र बाढीको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्