|
२०८३ असार ३१
काठमाडौं : खाना पकाउने एलपी ग्यासको आपूर्ति सामान्य बन्दै गएपछि नेपाल आयल निगमले बुधबारदेखि देशभर १४.२ केजीका भरिएका सिलिन्डर बिक्री–वितरण पुनः सुरु गरेको जनाएको छ।
निगमका अनुसार भारतीय आपूर्तिकर्ताबाट ग्यास लोडिङको अवस्था सुधारिएसँगै उपभोक्ताको मागलाई ध्यानमा राख्दै पुरानै क्षमताका सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।
यससँगै १४.२ केजी क्षमताको ग्यास सिलिन्डरको बिक्री मूल्य २ हजार ६० रुपैयाँ कायम रहनेछ। आपूर्तिमा आएको असहजताका कारण केही समयअघि अस्थायी रूपमा ७.१ केजीका सिलिन्डर वितरण गरिएको थियो।



दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्