|
२०८३ असार ३०
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्यले नागरिकको अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्।
बीपी स्मृति दिवसको तयारीका क्रममा आयोजित कार्यक्रममा बोल्दै थापाले सरकारमाथि प्रश्न उठाउने नागरिकको अधिकार कसैले रोक्न नसक्ने बताए। उनले सञ्चारमाध्यम, व्यवसायी र राजनीतिक क्षेत्रलाई लक्षित गरी सरकारी संयन्त्रको दुरुपयोग भइरहेको दाबी गरे।
सुकुम्वासी समस्या र गणेश नेपाली आत्मदाह प्रकरणमा प्रश्न उठाउँदा राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाउँदै थापाले नागरिकको जीवन, सम्पत्ति र अधिकारको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको बताए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्