आजको राशिफल: कुन राशिका लागि अवसर, कसका लागि सतर्कता?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३०

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक तथा आध्यात्मिक क्षेत्रमा सकारात्मक प्रगति हुने सम्भावना छ। व्यापार वा व्यवसायसँग सम्बन्धित यात्राले लाभ दिलाउन सक्छ। सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदा संयमता अपनाउनु उपयुक्त हुनेछ। शुभ रंग: सेतो | शुभ अंक: ३

वृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मेहनतअनुसार तत्काल प्रतिफल नआए पनि निराश हुनुपर्ने अवस्था छैन। खानपानमा विशेष ध्यान दिनुहोस् र कसैलाई ऋण दिनुअघि राम्रोसँग विचार गर्नुहोस्। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्न सक्छ। शुभ रंग: हरियो | शुभ अंक: ७

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवसाय वा जागिरका योजना गोप्य राख्नु लाभदायक हुनेछ। उपकरण वा मेसिन प्रयोग गर्दा सावधानी आवश्यक छ। काम समयमै सम्पन्न गर्न केही चुनौती आउन सक्छ। शुभ रंग: पहेँलो | शुभ अंक: २

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार विस्तार हुने संकेत देखिन्छ। विद्यार्थीका लागि अध्ययनमा देखिएका समस्या कम हुँदै जानेछन्। कार्यस्थलमा सहकर्मीको सुझावलाई महत्व दिनु उपयुक्त हुनेछ। शुभ रंग: पहेँलो | शुभ अंक: ७

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)कार्यक्षेत्रमा आलोचना वा विरोधको सामना गर्नुपर्ने हुन सक्छ। समयअनुसार आफूलाई ढाल्न सके सफलता प्राप्त हुनेछ। धार्मिक तथा आध्यात्मिक रुचि बढ्ने र परिवारबाट खुशी मिल्ने सम्भावना छ। शुभ रंग: सेतो | शुभ अंक: ८

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)घर र कार्यालयबीच सन्तुलन कायम गर्न कठिनाइ हुन सक्छ। साझेदारी व्यवसायमा मतभेद देखिन सक्छ। सामाजिक सञ्जालका सबै सूचनामा विश्वास नगर्नु राम्रो हुनेछ। शुभ रंग: हरियो | शुभ अंक: ८

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)कानुनी विषयमा पक्ष बलियो रहनेछ। आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ। धार्मिक कार्यप्रति आकर्षण बढ्ने र नयाँ योजनाको सुरुआत गर्न अनुकूल समय रहनेछ। शुभ रंग: बैजनी | शुभ अंक: ६

वृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)मिठो बोलीका कारण अरूको विश्वास जित्न सक्नुहुनेछ। नयाँ चिनजान बन्ने सम्भावना छ। सुरु गरेको काम अधुरो नछोड्नुहोस्, बेलुकातिर सुखद समाचार प्राप्त हुन सक्छ। शुभ रंग: सुनौलो | शुभ अंक: १

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरायसी काम पूरा गर्न समय मिल्नेछ। लामो समयदेखि थन्किएका सामान व्यवस्थापन गर्न सकिनेछ। परिवारसँग रमाइलो समय बिताउनुका साथै स्वास्थ्यका लागि पर्याप्त आराम पनि आवश्यक हुनेछ। शुभ रंग: खैरो | शुभ अंक: ६

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)साथीभाइसँग भेटघाट र पुराना सम्बन्ध अझ बलियो बन्ने संकेत छ। सहयोगी व्यवहारले सम्मान बढाउनेछ। दिनभरि उत्साह र खुसीको वातावरण रहने सम्भावना छ। शुभ रंग: गुलाबी | शुभ अंक: ५

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्ना प्रतिबद्धता पूरा गर्ने अवसर मिल्नेछ। कामको प्रशंसा प्राप्त हुन सक्छ। रिस नियन्त्रणमा राख्दै आफ्ना योजना सबैसँग साझा नगर्नु बुद्धिमानी हुनेछ। शुभ रंग: शाही निलो | शुभ अंक: ३

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)नयाँ स्थानको भ्रमण वा नयाँ अनुभवले मन प्रसन्न रहनेछ। आफूलाई मनपर्ने कामका लागि समय निकाल्न सकिनेछ। परिवारको साथ रहने भए पनि यात्राका क्रममा सतर्कता अपनाउनु आवश्यक छ। शुभ रंग: केशरी | शुभ अंक: ८

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *