अचानक आएको बाढीले स्याउलीबजारमा ठूलो क्षति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २९

कास्की, — कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा आएको आकस्मिक बाढीले नदी किनारका घर, व्यवसाय र पूर्वाधारमा क्षति पुर्‍याएको छ। किम्रुङ खोलाबाट आएको बाढीपछि मोदी खोलाको जलस्तर बढ्दा स्याउलीबजारस्थित एक घर र होटल बग्नुका साथै अर्को रेष्टुरेन्टमा पनि क्षति पुगेको हो।

बाढीले नयाँपुल–घान्द्रुक सडक अवरुद्ध बनाएको छ भने किम्रुङ खोलामाथिको झोलुङ्गे पुल पनि बगाएको छ। यसका कारण स्थानीय बासिन्दा र पर्यटकको आवतजावत प्रभावित भएको छ।

स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै सतर्क रहन आग्रह गरेको छ। घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी, गाउँपालिका र सम्बन्धित निकायका टोलीले क्षतिको विवरण संकलन तथा आवश्यक व्यवस्थापनको काम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *