|
२०८२ चैत्र ४
पाल्हीनन्दन, चैत्र ४:पश्चिम नवलपरासीमा परेको बेमौसमी वर्षा र हावाहुरीले गहुँबालीमा ठूलो क्षति पुर्याएको छ। पाक्न लागेको गहुँ खेतमै ढलेपछि उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन्।
स्थानीय किसानहरूका अनुसार धेरैको गहुँबाली नष्ट भएको छ भने केही किसानको धेरै क्षेत्रफलमा क्षति पुगेको छ। गहुँ भित्र्याउने समयमै वर्षा भएपछि समस्या बढेको हो।
किसानहरूले क्षतिपूर्तिको माग गरेका छन् तर सम्बन्धित निकायमा हालसम्म औपचारिक गुनासो भने पुगेको छैन। कृषि अधिकारीहरूले गुनासो आएपछि मात्र अनुगमन गरिने बताएका छन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्