|
२०८३ असार २६
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन बढेको छ। असारसम्म चार हजार १९१ जनाले निकुञ्ज भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४६९ जनाले बढी हो।
निकुञ्ज प्रशासनका अनुसार अधिकांश आगन्तुक नेपाली रहेका छन् भने सार्क र अन्य मुलुकका पर्यटकको संख्या पनि क्रमशः बढिरहेको छ। बाह्रसिङ्गा, पाटेबाघ, गैँडा तथा अन्य दुर्लभ वन्यजन्तु, विशाल घाँसेमैदान र चराचुरुङ्गी अवलोकनका कारण शुक्लाफाँटा प्रकृतिप्रेमीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्