शिव शिखर सहकारीका पीडितलाई राहत, थप २४८ जनाले पाए बचत रकम

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २२

काठमाडौं । समस्याग्रस्त शिव शिखर सहकारीका थप २४८ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हालसम्म १ हजार ११७ जना बचतकर्तालाई रकम भुक्तानी गरिसकिएको छ। पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकता दिइएको र बाँकी बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गरिने बताइएको छ।

सरकारले सहकारीबाट असुल भएको ऋण तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकममार्फत बचत फिर्ता गर्ने कार्य जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *