|
२०८३ असार २२
काठमाडौँ, असार २२ । वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ।
रोशी र दाप्चा खोलामा आएको बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि सडक केही समयका लागि बन्द भएको थियो। प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापन गरेपछि आज बिहानदेखि सवारीसाधन आवतजावत सामान्य बनेको प्रहरीले जनाएको छ।
लगातारको वर्षासँगै नदी तथा खोलाको सतह बढ्न सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्