एनपीएलका लागि खेलाडी छनोट प्रक्रिया आज

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २२

काठमाडौँ, असार २२ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज अपराह्न ३:४५ बजेदेखि सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार अक्सनमा १५५ जना खेलाडी सहभागी रहेका छन्।

फ्रेन्चाइज टोलीहरूले अक्सनमार्फत ५२ जना खेलाडी अनुबन्ध गर्नेछन्। प्रत्येक टोलीले मार्की तथा ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीसहित १४ सदस्यीय टोली निर्माण गर्ने व्यवस्था गरिएको छ।

यसपटक सबैभन्दा बढी बजेट जनकपुर बोल्ट्ससँग रहेको छ भने अन्य टोलीहरूले पनि आफ्नो आवश्यकता अनुसार खेलाडी छनोट गर्नेछन्। अक्सनको प्रत्यक्ष प्रसारण एनपीएलको आधिकारिक युट्युब च्यानलमार्फत गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *