बजेटमा नीति, कार्यक्रम र लगानीबीच तालमेल नदेखिएको झाक्रीको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १९

काठमाडौँ — पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य रामकुमारी झाक्रीले आगामी आर्थिक वर्षको बजेटले सरकारको दाबी अनुसार ‘प्याराडाइम सिफ्ट’ गर्न नसकेको टिप्पणी गरेकी छन्। राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले नीति, कार्यक्रम र लगानीबीच स्पष्ट समन्वय नदेखिएको बताइन्।

झाक्रीका अनुसार बजेटमा पुरानै योजनाहरू दोहोरिएका छन् भने नयाँ सोच र ठोस मार्गचित्रको अभाव छ। उनले ट्रान्समिसन लाइनजस्ता पुराना प्राथमिकता नै निरन्तर दोहोरिनु र रुग्ण उद्योग पुनरुत्थान तथा श्रम बजार सुदृढीकरणजस्ता विषयमा स्पष्ट योजना नआउनु कमजोरी भएको बताइन्।

उनले नीति र बजेटबीचको खाडलका कारण वित्तीय अनुशासन कायम हुन कठिन हुने भन्दै सरकारलाई वास्तविक अर्थतन्त्र रूपान्तरण गर्ने कार्यक्रम ल्याउन सुझाव दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *