शिक्षामा दलीयकरण प्रमुख समस्या भएको गगन थापाको टिप्पणी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १९

काठमाडौँ, असार १९ — नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षाक्षेत्रमा दलीयकरण सबैभन्दा ठूलो समस्याका रूपमा देखिएको बताएका छन्।

पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रमा राजनीति भन्दा पनि दलीय प्रभाव हाबी भएको टिप्पणी गरे। उनका अनुसार विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक छनोटसम्ममा दलगत हस्तक्षेप हुने प्रवृत्ति देखिएको छ, जसलाई अन्त्य गर्नुपर्ने आवश्यकता छ।

थापाले शिक्षण पेशामा संलग्न हजारौँ व्यक्तिहरूले आफ्नो कार्यस्थलमा जिम्मेवारीपूर्वक काम गर्न सके मात्र समुन्नत नेपाल निर्माण सम्भव हुने धारणा राखे। उनले पार्टीसँग आबद्ध शिक्षकहरूलाई पनि विद्यालयमा पेशागत भूमिकामा केन्द्रित हुन आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *