राप्रपा रोक्न कसैले सक्दैन : लिङ्देन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १३

काठमाडौं, असार १३ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमाथि चुनौती आए पनि अघि बढ्नबाट कसैले रोक्न नसक्ने बताएका छन्।

काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा उनले राप्रपामाथि विगतदेखि नै विभिन्न घेराबन्दी हुँदै आएको दाबी गरे। केही व्यक्तिले पार्टी छाडे पनि संगठन कमजोर नहुने उनको भनाइ थियो।

लिङ्देनले नयाँ राजनीतिक विकल्प असफल भए देशलाई सही दिशा दिने शक्ति राप्रपा बन्न सक्ने दाबी गरे। उनले युवाको ऊर्जा र अग्रजको अनुभवलाई मिलाएर पार्टी अघि बढ्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *