|
२०८३ असार १३
काठमाडौं, असार १३: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले आफ्नो पार्टीको गतिविधिबाट कुनै पनि राजनीतिक शक्ति, नागरिक समाज वा सञ्चार क्षेत्रले असहज महसुस गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
प्रथम राष्ट्रिय महाधिवेशनको समापन समारोहमा उनले रास्वपा लोकतान्त्रिक मूल्य, विधिको शासन र संस्थागत मर्यादाप्रति प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, विगतका प्रतिशोधपूर्ण राजनीतिक अभ्यास दोहोरिन नदिई जिम्मेवार र परिपक्व राजनीतिक संस्कारलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्