तनहुँमा सवारी दुर्घटना, दुई बालबालिकाको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १३

तनहुँ, असार १३: तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्कीचोकमा कारको ठक्करबाट घाइते भएका दुई बालबालिकाको उपचारका क्रममा मृत्यु भएको छ।

शुक्रबार विद्यालयबाट घर फर्किरहेका ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापालाई भारतीय नम्बरको कारले ठक्कर दिएको थियो। गम्भीर घाइते दुवै बालबालिकाको चितवनमा उपचार भइरहेका बेला शनिबार बिहान निधन भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *