प्रतिपक्षीमाथि प्रतिशोध नदोहोरिने रास्वपा सभापति रवि लामिछानेको प्रतिबद्धता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १९

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अबको सरकारमा प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको राजनीति दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अघिल्ला सरकारहरूले प्रतिपक्षीप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाउँदै रास्वपा नेतृत्वमा त्यस्तो अभ्यास अन्त्य हुने बताए ।

बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले रास्वपा सुरुदेखि नै प्रश्न उठाउँदै संसदसम्म आइपुगेको उल्लेख गरे । अब भने उत्तरदायी भूमिकामा पुगिसकेको भन्दै जनताको अपेक्षाअनुसार काम गर्ने उनको भनाइ थियो ।

त्यस्तै, उनले प्रतिपक्षी दलहरूले पनि सहीलाई सही र गलतलाई गलत भनेर रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *