आजको ग्रहयोग: कुन राशिलाई सफलता, कुनलाई सतर्कता?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ११

मेष

आज कार्यस्थलमा सहकर्मीहरूको साथ र सहयोग प्राप्त हुनेछ। आर्थिक पक्ष सबल बन्ने सम्भावना छ। लामो समयदेखि रोकिएका वा जटिल कामहरू पूरा हुँदा नयाँ योजनाप्रति उत्साह बढ्नेछ। शुभ रंगः सेतो, शुभ अंकः ३।

वृष

सेवामूलक तथा सामाजिक क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रो उपलब्धि हासिल गर्न सक्नेछन्। महत्वपूर्ण निर्णय गर्दा अभिभावकको सुझाव उपयोगी बन्नेछ। रोजगारीका अवसर प्राप्त हुन सक्छन्, तर अरूमाथि अत्यधिक निर्भर नहुनु उचित हुनेछ। शुभ रंगः सेतो, शुभ अंकः ४।

मिथुन

पारिवारिक विषयलाई बेवास्ता नगर्नुहोला। धार्मिक तथा आध्यात्मिक गतिविधिप्रति आकर्षण बढ्नेछ। प्रेम सम्बन्धमा अफवाह वा सुनेका कुरामात्रै विश्वास गर्दा समस्या आउन सक्छ। शुभ रंगः पहेँलो, शुभ अंकः ३।

कर्कट

धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुनेछ। आर्थिक अवस्था सन्तोषजनक रहने संकेत छ। व्यापार वा व्यवसायसँग सम्बन्धित यात्रा लाभदायी बन्न सक्छ। शुभ रंगः रातो, शुभ अंकः ६।

सिंह

कार्यक्षेत्रमा अपेक्षित सहयोग नपाउँदा केही निराशा हुन सक्छ। दाम्पत्य सम्बन्धमा समझदारीको कमीले काममा असर पार्न सक्छ। यद्यपि घरमा पाहुनाको आगमनले खुसीको वातावरण सिर्जना हुनेछ। शुभ रंगः हरियो, शुभ अंकः ५।

कन्या

एउटा काम सम्पन्न नगरी अर्को कामतर्फ अग्रसर नहुनु राम्रो हुनेछ। व्यापारिक क्षेत्रमा पारिवारिक सहयोग प्राप्त हुनेछ। घरका ज्येष्ठ सदस्यहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय छ। शुभ रंगः निलो, शुभ अंकः ६।

तुला

व्यावसायिक क्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। राजनीतिक तथा सामाजिक गतिविधिमा संलग्न व्यक्तिहरूको चर्चा हुने सम्भावना छ। परिवारका सदस्य, विशेषगरी पिताको स्वास्थ्यप्रति चिन्ता रहन सक्छ। सञ्चार र मनोरञ्जन क्षेत्रका व्यक्तिहरूका लागि दिन सकारात्मक रहनेछ। शुभ रंगः निलो, शुभ अंकः ४।

वृश्चिक

प्रतिस्पर्धीहरू सक्रिय रहने भए पनि धैर्य राखे सफलता प्राप्त हुनेछ। रोकिएका काम पुनः प्रयास गर्दा राम्रो परिणाम मिल्न सक्छ। सरकारी तथा प्रशासनिक क्षेत्रमा सफलता प्राप्त हुने संकेत देखिन्छ। शुभ रंगः निलो, शुभ अंकः २।

धनु

आत्मविश्वास बढ्नेछ र आर्थिक लाभका अवसर प्राप्त हुनेछन्। साहित्य, लेखन तथा सिर्जनात्मक क्षेत्रमा रुचि राख्नेहरूले राम्रो प्रगति गर्न सक्नेछन्। यद्यपि पारिवारिक सम्बन्धमा केही असमझदारी आउन सक्छ। शुभ रंगः सेतो, शुभ अंकः ६।

मकर

विद्यार्थीहरूले समयको सदुपयोग गर्नुपर्ने आवश्यकता छ। पेशागत क्षेत्रमा हतारमा निर्णय लिनु उचित हुनेछैन। लामो समयदेखि सोचेका योजनाहरू सफल बन्ने सम्भावना छ। शुभ रंगः सेतो, शुभ अंकः १।

कुम्भ

प्रतियोगितात्मक परीक्षा तथा शैक्षिक क्षेत्रमा सकारात्मक नतिजा प्राप्त हुन सक्छ। व्यवसायमा नयाँ प्रविधिको अभावले केही चुनौती आउन सक्छ। अध्ययन-अध्यापनमा रुचि बढ्नेछ। शुभ रंगः रातो, शुभ अंकः ५।

मीन

सामाजिक तथा व्यावसायिक क्षेत्रमा लोकप्रियता बढ्ने संकेत छ। लगानी तथा शेयर बजारबाट फाइदा लिन सकिने सम्भावना देखिन्छ। व्यापारिक योजना बनाउँदा गहिरो अध्ययन र विश्लेषण आवश्यक हुनेछ। शुभ रंगः निलो, शुभ अंकः ४।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *