सिदिङ्वामा बिजुली महसुलमा आधा छुट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ९

ताप्लेजुङ : सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि कम विद्युत् खपत गर्ने उपभोक्तालाई महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ।

गाउँपालिकाका अनुसार मासिक ५० युनिटसम्म विद्युत् प्रयोग गर्ने परिवारले यो सुविधा पाउनेछन्। यसबाट पालिकाभित्रका न्यून तथा मध्यम आय भएका परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ।

गाउँपालिकाले विद्युत् राहतसँगै कृषि उत्पादन वृद्धि, प्राङ्गारिक खेती प्रवर्द्धन र किसान सहयोगका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। आगामी आवका लागि पालिकाले ५३ करोड आठ लाख २६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *