मनसुन फैलिँदै, यसपालि वर्षा कम हुने अनुमान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ८

काठमाडौं, असार ८ — नेपालमा मनसुन प्रणाली थप क्षेत्रमा विस्तार भएको छ। कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन अहिले मधेश, बागमती, गण्डकीका केही भाग र लुम्बिनीको पूर्वी क्षेत्रसम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार मनसुन अझै कमजोर अवस्थामा रहेकाले देशभर फैलिन केही समय लाग्नेछ। यस अवधिमा पूर्वी र मध्य नेपालका केही स्थानमा वर्षा भइरहेको छ।

विभागले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्न सक्ने प्रक्षेपण गरेको छ। विशेषगरी केही तराई तथा कर्णाली क्षेत्र प्रभावित हुन सक्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *