रास्वपा महाधिवेशनमा स्थानीय मोहीको स्वाद, सहभागीलाई निःशुल्क वितरण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

चितवन, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटनसँगै स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सहभागीहरूलाई मोही वितरण गरिएको छ।

महाधिवेशनस्थलमा पुगेका प्रतिनिधि, पर्यवेक्षक तथा अतिथिहरूलाई स्थानीय सहकारी संस्थाहरूले उत्पादन गरेको मोही निःशुल्क उपलब्ध गराइएको हो। यस अभियानमार्फत स्थानीय दुग्धजन्य उत्पादनको प्रचार–प्रसार र उपभोग बढाउने प्रयास गरिएको आयोजकहरूले बताएका छन्।

स्थानीय स्तरमा उत्पादन हुने मोहीलाई महाधिवेशनजस्तो ठूलो राजनीतिक कार्यक्रममा समावेश गरिनुले कृषिमा आधारित उत्पादनको महत्व उजागर गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनमा सुरु भएको हो। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको छ भने संगठनात्मक संरचना, नीति तथा भावी कार्यदिशाबारे छलफल हुने कार्यक्रम रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *