रास्वपाले असन्तुष्ट जनताको आवाज बोकेको छ : वाग्ले

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौं, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा जनताको परिवर्तन चाहनाबाट जन्मिएको लोकतान्त्रिक शक्ति भएको बताएका छन्।

पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले परम्परागत राजनीतिक अभ्यासप्रति नागरिकको विश्वास कमजोर बन्दै गएको अवस्थामा रास्वपाले त्यसको वैकल्पिक आवाज प्रस्तुत गरेको दाबी गरे।

वाग्लेले विगतका आन्दोलन र लोकतान्त्रिक उपलब्धिको सम्मान गर्दै अब लोकतन्त्रको गुणस्तर सुधार, सुशासन र जनविश्वास सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *