चितवनमा रास्वपाको ऐतिहासिक भेला आजबाट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

चितवन, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आजबाट भरतपुरमा सुरु हुँदैछ। देशभर तथा विदेशस्थित संगठनबाट छनोट भएका प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन्।

पार्टीका अनुसार महाधिवेशनका लागि आवश्यक व्यवस्थापन कार्य पूरा भइसकेको छ। यस अवसरमा राजनीतिक, आर्थिक र संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिनेछ।

महाधिवेशनअघि बसेको केन्द्रीय समिति बैठकले पार्टी संरचना र विधानमा केही संशोधन गर्ने निर्णय गरेको छ। संशोधित प्रस्तावअनुसार केन्द्रीय समितिको आकार विस्तार गरिने तथा नेतृत्व तहमा महिलाको सहभागिता सुनिश्चित गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *