आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, डलर १५२ रुपैयाँ ६४ पैसामा बिक्री

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २४

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य १५२ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर १८८ रुपैयाँ ३३ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा छ। क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ४५ पैसा तथा बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा तोकिएको छ। सिङ्गापुर डलर भने ११८ रुपैयाँ ६७ पैसामा खरिद र ११९ रुपैयाँ १४ पैसामा बिक्री हुने गरी दर निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ५० पैसा र बिक्रीदर ४० रुपैयाँ ६६ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा तोकिएको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा रहेको छ। युएई दिरामको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा छ। मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ १६ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ।

दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७४ पैसा र बिक्रीदर १० रुपैयाँ ७८ पैसा रहेको छ। स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६ रुपैयाँ ०९ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा छ। कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ०४ पैसा पुगेको छ। बहराइन दिनारको खरिददर ४०३ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ८३ पैसा तथा ओमनी रियालको खरिददर ३९४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ४५ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने केन्द्रीय बैंकको दरभन्दा फरक हुन सक्ने बताइएको छ। पछिल्लो तथा अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *