लोकतान्त्रिक मूल्यबाट विचलित नहुने रविको प्रतिबद्धता

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ६

चितवन, असार ६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी लोकतान्त्रिक मूल्य, मान्यता र संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

महाधिवेशनपूर्व आयोजित बैठकमा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक व्यवस्थाको सम्मान गर्दै पार्टीले लोकतन्त्रको मार्ग नछाड्ने स्पष्ट पारे।

लामिछानेले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहन नेता–कार्यकर्तालाई आग्रह गरे। उनले आगामी महाधिवेशनले पार्टीलाई थप संगठित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *