|
२०८३ असार ६
चितवन, असार ६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्।
केन्द्रीय सचिवालयका अनुसार प्रारम्भिक विवरणमा चार हजार २१० प्रतिनिधिको अनुमान गरिएको छ। विभिन्न प्रदेश, विदेशस्थित सम्पर्क विभाग र विधानअनुसार मनोनित प्रतिनिधिसहित संख्या थपिन सक्ने जनाइएको छ।
महाधिवेशनका लागि अन्तिम प्रतिनिधि सूची तयार गर्ने काम भइरहेको छ। चितवनमा हुने बन्दसत्र र उद्घाटन कार्यक्रमका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्