|
२०८३ असार ४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका लागि सहभागी प्रतिनिधिहरूको अन्तिम सूची तयार गर्ने प्रक्रिया सुरु भएको छ।
असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने महाधिवेशनमा मतदान गर्ने प्रतिनिधिको टुंगो लगाउन संगठन विभागले काम अघि बढाएको जनाएको छ।
पार्टीका विभिन्न तहका पदाधिकारी, जिल्ला तथा प्रदेश समितिका प्रतिनिधि, विभागका सदस्य र विदेशस्थित संगठनबाट आउने प्रतिनिधिहरू समेत महाधिवेशनमा सहभागी हुनेछन्।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य चयन गरिने तथा त्यसपछि पदाधिकारी निर्वाचन हुने पार्टीले जनाएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्