|
२०८३ असार ४
धादिङ, असार ४ — धादिङको थाक्रे गाउँपालिका–७ स्थित एक क्रसर उद्योगमा कार्यरत ३५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन्।
प्रहरीका अनुसार नेत्रावती डबजोङ गाउँपालिका–१ का दीपक मगर बिहीबार बिहान उद्योग परिसरभित्रको टहरामा मृत फेला परेका हुन्। सहकर्मीहरूले उनलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शव परीक्षणका लागि गजुरीस्थित स्वास्थ्य संस्थामा पठाइएको छ भने घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। अनुसन्धान जारी छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्