|
२०८३ असार ४
काठमाडौं, असार ४ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ।
दिउँसो साढे १२ बजे तय गरिएको बैठकले आगामी असार ५ र ६ गते हुने केन्द्रीय कार्यसमितिको बैठकका विषयवस्तु र कार्यसूची अन्तिम रूप दिनेछ।
पार्टीका अनुसार केन्द्रीय कार्यसमितिको बैठक असार ५ गते बिहान ११ बजे धुम्बाराहीस्थित सूर्य ब्यांकेटमा आयोजना गरिनेछ। बैठकमा समसामयिक राजनीतिक अवस्था तथा संगठनात्मक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्