भाइरल भिडियोपछि कुटपिट आरोपित प्रहरी नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३

दाङ, असार ३ — सामाजिक सञ्जालमा भाइरल बनेको कुटपिट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। युवतीमाथि दुर्व्यवहार र कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले तुलसीपुरका २४ वर्षीय एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनामा संलग्न रहेको आशङ्कामा अर्का एक व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका युवकको साथबाट केही परिमाणमा लागुऔषधजन्य ट्याब्लेटसमेत बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *