|
२०८३ असार २
प्युठान, असार २ — विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकलाई वर्षापछि आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का बालक बेपत्ता भएका छन्।
नौबहिनी गाउँपालिका–५ काँटेमा स्थानीय यामबहादुर खत्रीका छोराहरू विमल र मिलनलाई अचानक आएको बर्खे भेलले बगाएको हो। घटनामा कक्षा १ मा अध्ययनरत विमलको शव भेटिएको छ भने कक्षा ३ का मिलनको खोजी कार्य जारी छ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीले बेपत्ता बालकको खोजी तीव्र बनाएको जनाइएको छ। घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्