महाधिवेशनअघि रास्वपाको संगठन विस्तार अभियान तीव्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो राष्ट्रिय महाधिवेशनको तयारीका क्रममा अधिकांश जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गरेको जनाएको छ।

पार्टीका अनुसार हालसम्म ६४ जिल्ला, ४ प्रदेश, ६०९ पालिका तथा ४ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न भइसकेका छन्। केही जिल्लामा भने आन्तरिक विवाद तथा प्रक्रियागत कारणले अधिवेशन रोकिएको छ।

बाँकी रहेका जिल्लाहरूमा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको र असार ७ देखि ९ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन आयोजना हुने पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *