|
२०८३ जेष्ठ ३१
काठमाडौँ, जेठ ३१ — नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राजनीति जनताको सेवा र उत्तरदायित्वसँग जोडिनुपर्ने बताएका छन्।
काठमाडौँ महानगरपालिका–८ द्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरूले लोकतन्त्र र सामाजिक विकासलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झासहित विभिन्न क्षेत्रका ज्येष्ठ नागरिक, खेलाडी, कलाकार, संस्कृतिकर्मी, राष्ट्रसेवक कर्मचारी र समाजसेवीलाई सम्मान गरिएको थियो। आयोजकले समाज निर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरूको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्