|
२०८३ जेष्ठ २९
काठमाडौं, २९ जेठ — नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले बजेट र अर्थमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारका गतिविधिहरू छलकपटपूर्ण रहेको आरोप लगाएकी छन्।
राष्ट्रियसभामा बजेटमाथिको छलफलका क्रममा उनले अर्थमन्त्रीका अभिव्यक्तिहरूमा विरोधाभास रहेको र तथ्य लुकाउने प्रयास भएको दाबी गरिन्।
झाँक्रीले ऋणसम्बन्धी सरकारको धारणा परिवर्तन भएको भन्दै अघिल्लो भनाइ र वर्तमान व्यवहार मेल नखाएको टिप्पणी गरिन्। उनले बजेट प्रक्रिया र नीतिगत निर्णयमा स्पष्टता आवश्यक रहेको पनि बताइन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्