निजी क्षेत्रको सहकार्यमा ऊर्जा विकासलाई तीव्रता दिने सरकारको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २९

काठमाडौं, २९ जेठ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल ऊर्जा क्षेत्रको नयाँ चरणमा प्रवेश गरिरहेको बताएका छन्।

इपानको वार्षिक कार्यक्रममा बोल्दै उनले विद्युत् उत्पादन, प्रसारण र व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्न सरकारले आवश्यक नीतिगत व्यवस्था अघि बढाएको जानकारी दिए।

मन्त्री श्रेष्ठका अनुसार ऊर्जा क्षेत्रसँग सम्बन्धित केही कानुन संशोधनको प्रक्रियामा छन् भने नयाँ विधेयकहरू संसदमा प्रस्तुत गर्ने तयारी भइरहेको छ। उनले ऊर्जा क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधार बनाउने सरकारको लक्ष्य रहेको पनि उल्लेख गरे।

जलाशययुक्त आयोजना, स्थिर ब्याजदरमा कर्जा तथा स्वच्छ ऊर्जासँग प्रविधि क्षेत्रको समन्वयमार्फत नयाँ अवसर सिर्जना गर्ने योजनामा सरकार केन्द्रित रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *