धादिङमा खानेपानी प्राविधिकमाथि आक्रमण गर्ने दुई पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २९

काठमाडौं, २९ जेठ — धादिङमा खानेपानी आयोजनाका प्राविधिकमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका–४ का ४० वर्षीय सञ्जीव मल्ल र ५७ वर्षीय बलबहादुर मल्ल ठकुरी रहेका छन्। उनीहरूलाई काठमाडौंको गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जेठ २७ गते धादिङ पौवामा आयोजना स्थल निरीक्षणका लागि जाँदै गरेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका सब–इन्जिनियर सुरेश आले र सुपरभाइजर हबेन्द्रकुमार यादवमाथि आक्रमण भएको थियो।

घटनापछि फरार भएका दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि धादिङ पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *