|
२०८३ जेष्ठ २९
काठमाडौं — काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २२३ सवारी चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार उक्त कारबाहीबाट १८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कारबाहीमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ९४, नियमविपरीत राइड सेयरिङ गर्ने १५०, संकेत बत्ती उल्लंघन गर्ने १७७ तथा तीव्र गतिमा सवारी चलाउने ११८ जना परेका छन्। साथै लेन अनुशासन उल्लंघन, निषेधित क्षेत्रमा हर्न बजाउने, सडक पेटीमा पार्किङ गर्ने, एकतर्फी सडकमा सवारी चलाउने लगायत विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने अन्य चालकहरूलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्