थाइल्याण्डद्वारा नेपाललाई १३१ रनको लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २७

काठमाडौं – एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्याण्डले नेपालसामु १३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनायो। टोलीका लागि नानापाट खोन्चारोयन्काइले अविजित ६२ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्।

नेपालका कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान एक–एक विकेट लिए। सेमिफाइनल पुग्दै एसीसी महिला टी–२० एसिया कपमा स्थान बनाउने अवसर भएकाले यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *